समाचार

प्रधानमन्त्री आइसोलेशनमा

२४ पुष २०७८, शनिबार १४:४७
प्रधानमन्त्री आइसोलेशनमा

२४ पुस, काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बस्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बसेका छन्।

प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बबसेका छन् ।

दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी भएको छन् । प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्