प्रवास

हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- ‘विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर’

२ कार्तिक २०८१, शुक्रबार १०:०८
हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- ‘विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर’

२ कातिक,काठमाडौँ । हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ ।

अमेरिकाले यसलाई युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत भनेको छ । राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सिनवारको मृत्युलाई युद्धको प्रकृति परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।अमेरिकी अधिकारीहरूले युद्धविरामका लागि कतार र सम्बन्धित देशका अधिकारीहरूसँग समेत संवाद गरिरहेका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्