राजनीति

शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने

१ कार्तिक २०८१, बिहीबार २२:०२
शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने

१ कातिक,काठमाडौँ। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बन्ने भएको छ।

सर्च कमिटीलाई पूर्णता दिन भोलि मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक साँझ पाँच बजेका लागि तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सर्च कमिटीलाइ पूर्णता दिने सहमित गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाएको छ।  त्यस विषयमा छलफल गर्न बसेको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्