नेपाली चलचित्र

‘ज्वाइँ साब’ मा ‘अकुपेन्सी’ राम्रो हुँदा पनि कम शो दिइएको गुनासो

१ कार्तिक २०८१, बिहीबार १७:०९
‘ज्वाइँ साब’ मा ‘अकुपेन्सी’ राम्रो हुँदा पनि कम शो दिइएको गुनासो

१ कातिक,काठमाडौँ। नेपालगन्जमा दर्शकहरुले नेपाली चलचित्र ‘ज्वाइँ साब’ हेर्न नपाएको गुनासो गरेका छन् ।

नेपालगन्जका हलहरु भिजिट गर्ने क्रममा नेपालगन्ज आइपुगेका चलचित्र ‘ज्वाइँ साब’को टिमसँग दर्शकहरुले चलचित्र ज्वाइँ साब हेर्न नपाएको गुनासो गरेका हुन् ।

फिल्मका कलाकारहरू हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन्। दर्शकहरूले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। काठमाडौंका हल–हलमा पुगिरहेको फिल्मको टिम बुधबार नेपालगञ्ज पुगेको थियो, जहाँका हलमा फिल्म हेर्न दर्शकको उत्साहजनक उपस्थिति देखियो।

निर्देशक वसन्त निरौला, अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाहसहितको टिम नेपालगञ्जको क्युएफएक्स वागेश्वरी र सिने रोयलमा पुगेर दर्शकसँगै बसेर फिल्म हेरेका थिए। त्यसक्रममा दर्शकहरूले फिल्म मन परेको प्रतिक्रिया दिए।

असोज २४ गते फुलपातीदेखि प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’को टिम चलचित्र प्रदर्शनमा आएपछि पहिलोपटक मोफसलको यात्रामा नेपालगन्ज आएका थिए। उक्त टोलीमा चलचित्रका प्रमुख पात्र जीतु नेपाल, नीति शाह र निर्देशक बसन्त निरौलालगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपालगन्जमा रहेको सिने रोयल र वागेश्वरी सिनेमाज्मा भिजिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्