नेपाली चलचित्र

फिल्म ‘एक्टर: टेक वन’ प्रदर्शन मिति सर्यो

१ कार्तिक २०८१, बिहीबार १६:५८
फिल्म ‘एक्टर: टेक वन’ प्रदर्शन मिति सर्यो

काठमाडौँ। अदृत फिल्म र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ।

पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ।

चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ। चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो।

मिति परिवर्तन गरेकोमा वितरक, चलचित्र प्रेमी र अन्य सरोकारवालाहरूलाई परेको असुविधाप्रति क्षमा समेत  निर्माण पक्षले मागको छ । थमनकुमार भण्डारी र मोती कार्की निर्माता रहेको चलचित्रमा प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ ।

फिल्मको निर्देशन राजन भुसालले गरेका हुन् । ‘अदृत फिल्मस्’ र ‘मोती फिल्मस्’ को संयुक्त प्रस्तुति रहेको यो फिल्मका सह–निर्माता अनिश भुसाल हुन् ।

प्रतिक्रिया दिनुहोस्