समाचार

२४ घण्टामा कति थपिए काठमाडौं उपत्यका कोरोना संक्रमित ?

२४ पुष २०७८, शनिबार १२:५६
२४ घण्टामा कति थपिए काठमाडौं उपत्यका कोरोना संक्रमित ?

२४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टा यता काठमाडौं उपत्यका थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्