नेपाली चलचित्र

‘छक्का पञ्जा–५’ले एक सातामा कति कमायो ?

१ कार्तिक २०८१, बिहीबार ०९:५४
‘छक्का पञ्जा–५’ले एक सातामा कति कमायो ?

काठमाडौं। चलचित्र ‘छक्का पञ्जा–५’ले एक सातामा १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस हाराहारीमा कमाइ गरेको हो ।

गत बिहीबार अथवा फूलपातीका दिनदेखि यो चलचित्र रिलिज भएको थियो । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

‘छक्का पञ्जा–५’सँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि रिलिज भएका थिए । ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने बक्सअफिस रिपोर्ट सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्