समाचार

आज कति थपिए नेपालमा कोरोना संक्रमण ?

२४ पुष २०७८, शनिबार १२:४७
आज कति थपिए नेपालमा कोरोना संक्रमण ?

२४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

सहि अवधिमा २ सय ९७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्