समाचार

हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ : बालेन

३० आश्विन २०८१, बुधबार २०:४८
हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ : बालेन

३० असोज,काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हिन्दु राष्ट्र संविधानमा नभइ स्वाभिमानमा चाहिने धारणा राखेका छन्‌ ।

मेयर शाहले बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत भनेका छन्– ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’

उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ मासेर बनेको सहरको काम नभएको बताउँदै आफ्नो भाउ नै नभए पनि नाउँ बेचेर बनेको रहरको पनि काम नहुने बताएका छन् ।

‘गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि,’ उहाँले भन्नुभएको छ, ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दू राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ।’

प्रतिक्रिया दिनुहोस्