समाचार

विराटनगरमा मुन होटलका सञ्चालकमाथि खुकुरी प्रहार

३० आश्विन २०८१, बुधबार ११:४१
विराटनगरमा मुन होटलका सञ्चालकमाथि खुकुरी प्रहार

३० असोज,विराटनगर। विराटनगरको रोडेशेष छेउ भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका सञ्चालक दिलीपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ ।

मंगलबार राति करिब सो ६ बजे होटलमा बसिरहेका सञ्चालक दिलिप भगतमाथि दुई जना ब्यक्तिले खुकुरी प्रहार गरेको बताइएको छ ।प्रहरीका अनुसार भगतको हातमा चोट लागेको छ । खुकुरी प्रहारबाट घाइते भएका भगतलाई होटलका कर्मचारीले रातिनै उपचारका लागि कोशी अस्पताल पुराएका थिए ।

आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त होटल विराटनगरको रोडशेष उत्तर भूमि प्रशासन चोकमा रहेको छ । हतियार प्रहार गरेर आक्रमणकारी भने भागेको प्रहरीको दाबी छ । पुरानो रिसिइबीकै कारण आक्रमण भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्