काठमाडौं। सरकारले सिंहदरबार गेटपास अब नागरिक एपबाटै लिन सकिने भएको छ ।
यसअघि सरकारले सिंहदरबार प्रवेश गर्न चाहनेका लागि अनलाइनबाटै गेटपास लिन सकिने गरी singhadurbarpass.gov.np वेबसाइट सञ्चालनमा ल्याएको थियो । अब यो सुविधा नागरिक एपमै उपलब्ध भएपछि सिंहदरबारको गेटपास लिन अझै सहज हुनेछ ।
सिंहदरबार गेटपास कसरि लिने
- तपाईहरुले सबै भन्दा पहिला आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुहोस ।
- त्यसपछि आफ्नो नम्बर डायल गर्नुहोस । मोबाइलमा SMS code आउँछ त्यसलाई राख्नुहोस । त्यसपछि आफ्नो व्यक्तिगत विवरण भर्नुहोस् । अनि नागरिक एप खोल्छ ।
- नागरिक एपबाट सिंहदरबारको गेटपास लिन एपभित्र रहेको सिंहदरबार पासमा क्लिक गर्नुपर्नेछ ।
- त्यसपछि रिक्वेस्ट पासमा क्लिक गरेर कार्यालय, भट्ने मान्छे र भेट्नुपर्ने कारण लगायत विवरण राखेर सबमिट गरेर स्वीकृत भएपछि मोबाइलमै पास देखाएर सिंहदरबार छिर्न सकिने भएको छ ।