नेपाली चलचित्र

‘छक्कापञ्जा ५’को घरेलु बक्सअफिसबाट पाँच दिनमै ९ करोड कलेक्सन

२९ आश्विन २०८१, मंगलवार १४:४५
‘छक्कापञ्जा ५’को घरेलु बक्सअफिसबाट पाँच दिनमै ९ करोड कलेक्सन

काठमाडौं। दसैंको फूलपातिको दिन रिलिज भएको फिल्म ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा निकै राम्रो प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनको पहिलो दिन नै रेकर्ड ब्रेक गर्दै कमाई गरेको फिल्मले पाँच दिनकै बिचमा (सोमबारसम्म) ९ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

वितरक ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको पाँचौ दिन सोमबारसम्म दीपकराज गिरी स्टारर फिल्मको देशब्यापी कमाइ ९ करोड रुपैयाँ हाराहारीमा रहेको विवरण उपलब्ध गराएको छ ।

‘हामीले आधिकारिक हिसाब सार्वजनिक गर्ने तयारी गरिरहेका छौं । मंगलबारसम्मको फिल्मको कलेक्सन साढे १० करोड पुग्ने हाम्रो प्रक्षेपण छ’  कम्पनीका मनोज राठीले अनलाइनखबरसँग भने, ‘मोफसलमा यो फिल्म भयानक चलेको छ ।’

उनका अनुसार, ‘छक्कापञ्जा ५’को कूल कलेक्सनमा काठमाडौं उपत्यका र मोफसलको हिस्सा करिब समान छ । यसपटक मोफसलमा फिल्मले बढी शो प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्