नेपाली चलचित्र

‘छक्का पञ्जा ५’ : चार दिनको कलेक्सन कति ?

२८ आश्विन २०८१, सोमबार १६:२०
‘छक्का पञ्जा ५’ : चार दिनको कलेक्सन कति ?

काठमाडौं। चलचित्र ‘छक्का पञ्जा–५’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फूलपातीदेखि प्रदर्शन आएको यस फिल्म पाँचौं दिनसम्म आइपुग्दा पनि हाउसफूल छ ।

पाँचौं दिनसम्म आइपुग्दा पनि सिनेमा हाउसफूल छ । आज पनि चलचित्र हाउसफूल छ ‘छक्का पञ्जा’का कलाकार तथा निर्मातासमेत रहेका दीपकराज गिरीले भने ।

व्यापार पनि राम्रो नै रहेको फिल्म निर्माण टिमले बताएको छ । फिल्मले उपत्यका र मोफसलमा राम्रो कमाई गरिरहेको छ । अहिलेसम्म फिल्मले ६ करोड ५० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माण टिमले बतायो ।

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । चलचित्रमा दीपकसँगै केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्