प्रवास

मुम्बईमा सत्तारुढ दलका नेता बाबा सिद्धिकीको हत्या, सलमानमाथि आक्रमण गर्ने विस्नोइ ग्याङ जिम्मेवार

२८ आश्विन २०८१, सोमबार १६:१३
मुम्बईमा सत्तारुढ दलका नेता बाबा सिद्धिकीको हत्या, सलमानमाथि आक्रमण गर्ने विस्नोइ ग्याङ जिम्मेवार

२८ असोज, काठमाडौं।  भारतस्थित राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) का नेता तथा महाराष्ट्र राजनीतिमा चर्चित बाबा सिद्दिकी (६६) को शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको छ।

गुजरातको साबरमती जेलमा रहेका लरेन्स बिश्नोईको गिरोहले घटना भएको २८ घण्टापछि सामाजिक सञ्जालमा हत्याको जिम्मेवारी लिएको छ।उनलाई तत्काल लीलावती अस्पताल लगिए पनि उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। प्रहरीले दुईजना आरोपीलाई पक्राउ गरेको छ। एकजनाको खोजी जारी छ।

बाबा सिद्धिकीको बलिउडका कलाकारबीच राम्रो सम्बन्ध थियो। विशेष गरि सलमान खानसँग उनको सम्बन्ध जहिलै चर्चामा रहन्थ्यो। उनीमाथि गोली चलाउनेहरु लरेन्स विस्नोइ ग्याङको भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। विस्नोइ ग्याङले सलमानमाथि धेरैपटक आक्रमणको प्रयास गरेको छ।

यो घटना लगत्तै सलमान ठूलो सुरक्षाकर्मीको घेराबन्दीमा अस्पताल परिसर पुगेका थिए। कुनै बेला ग्याङ वार र अन्डरवर्ल्डका कारण मुम्बईमा त्रास हुन्थ्यो। पछिल्लो समय अन्डरवर्ल्ड समाप्त भए पनि केही समूहको प्रभाव भने जारी रहेको देखिन्छ।

बाबा सिद्दीकीको हत्याले सलमानलाई समेत गहिरो चोट लागेको छ । सलमान केहि दिन एक्लै बस्न चाहन्छन् । सलमानको परिवारले उनका फिल्म क्षेत्रका साथीहरु र नजिकका आफन्तलाई सलमानलाई भेट्न घरमा नआउनका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्