राजनीति

राजीनामा दिएको झन्डै ५ महिनापछि पूर्वमुख्यमन्त्री राईले फिर्ता गरे सरकारी गाडी

२४ पुष २०७८, शनिबार ०१:०२
राजीनामा दिएको झन्डै ५ महिनापछि पूर्वमुख्यमन्त्री राईले फिर्ता गरे सरकारी गाडी

२४ पुस, बिराटनगर। प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी मन्त्रालय फिर्ता गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रशासन शाखा प्रमुख सतिश सत्यालले पूर्वमुख्यमन्त्री राईले काठमाडौंबाट आफैं गाडी फिर्ता पठाइदिएको बताए ।

राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि प्रयोग गर्दै आएका थिए । प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई कुनै किसिमको सेवा सुविधा दिने व्यवस्था नगरे पनि राईले हालसम्म गाडी फिर्ता गरेका थिएनन् ।

तत्कालीन मुख्यमन्त्री राईले २०७७ पुस १२ गते तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेपछि उक्त मन्त्रालयका गाडी लगेर काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए ।

गाडी फिर्ता गर्न पटक पटक मन्त्रालयले ताकेता गरे पनि उनले अनाकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्