नेपाली चलचित्र

‘एक्टर’को गीत ‘दिन बित्ला’मा यस्ताे राेमान्टिक मुडमा देखिए प्रदीप र दिब्या

२४ आश्विन २०८१, बिहीबार १४:५२
‘एक्टर’को गीत ‘दिन बित्ला’मा यस्ताे राेमान्टिक मुडमा देखिए प्रदीप र दिब्या

काठमाडौँ। नयाँ नेपाली फिल्म ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ ।

 शब्द राजेशकुमार श्रेष्ठको छ । संगीत एलिश कार्कीले दिएका छन् । गीतले प्रेममा रहेका दुई व्यक्ति र सम्बन्धलाई समयले पार्ने प्रभावलाई देखाएको छ । गीतको भिडियोमा प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझी छन् ।

चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ । चलचित्रमा प्रदीप र दिब्यासँगै आना शर्मा, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारको प्रमुख भूमिका छ । चलचित्रमा निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्