खेलकुद

महिला विश्वकपमा भारतको लगातार दोस्रो जीत

२४ आश्विन २०८१, बिहीबार ०७:१७
महिला विश्वकपमा भारतको लगातार दोस्रो जीत

२४ असोज,काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकपमा भारतले आफ्नो दोस्रो लगातार जीत दर्ता गरेको छ। बुधबार, दुवईमा भएको खेलमा भारतले श्रीलंकालाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार प्रदर्शन गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो। उसका लागि नितिक कुमार रेड्डीले ३४ बलमा ७४ रनको विष्फोटक इनिङ खेले। त्यस्तै रिन्कु सिंहले ५३ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए।

बंगलादेशका लागि रिसहद होसेइनले ३ विकेट लिंदा तस्किन अहमेद र तानजीम हसन सकिबले समान २-२ विकेट लिएका थिए। २ सय २२ रनको लक्ष्य लिएको बंगलादेल निर्धारित २० ओभमार ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो।

उसका लागि महमुदुल्लाहले ४१ रन बनाउँदा मेहदी हसन मिराजले १६ रन बनाए। यसअघि भारतले पहिलो टी-२० ७ विकेटले जितेको थियो। अब अन्तिम टी-२० हैदराबादमा शनिबार हुने छ।

प्रतिक्रिया दिनुहोस्