समाचार

भीमेश्वरमा बस दुर्घटना हुँदा १५ जना घाइते

२३ आश्विन २०८१, बुधबार २०:४८
भीमेश्वरमा बस दुर्घटना हुँदा १५ जना घाइते

२३ असोज, काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–४ र ६ को सीमाना गोल्फिङबेंसीमा बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।

रिजर्भ गरेर दसैँ मनाउन घर हिँडेका यात्रु बसेको प्रदेश ३–०१–००६ ख ०६३५ नम्बरको बस अनियन्त्रित भएर दोलखाको भीमेश्वर नगरपालिका–८ मा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण १५ भन्दा बढि यात्रु घाइते भएको ओखलढुंगाका सांसद रामहरि खतिवडाले जानकारी दिए। तीन मध्ये ४ जनाको गम्भीर घाइते भएका छन्। उनीहरुको चरिकोट अस्पतालमा उपचार भइरहेको छ।

यो सडक खण्डमा मंगलबार मात्रै तीनवटा सवारी साधन दुर्घटनामा परेका थिए।

प्रतिक्रिया दिनुहोस्