प्रवास

हरियाणामा बिजेपीलाई बहुमत

२३ आश्विन २०८१, बुधबार ०८:३२
हरियाणामा बिजेपीलाई बहुमत

२३ असोज, काठमाडौं। भारतको हरियाणा राज्यमा भारतीय जनता पार्टी (बिजेपी)ले बहुमत ल्याएको छ। ९० सिटका लागि भएको विधानसभा निर्वाचनमा बिजेपी एक्लैले ४८ सिट जितेको हो।

हरियाणामा बिजेपीलाई बहुमतभारतीय राष्ट्रिय कांग्रेसले जित्ने र बिजेपीले हार्ने भनिएकोमा नतिजा ठीक उल्टो देखिएको छ । भारतीय मिडिया लाइभ मिन्टका अनुसार हरियाणामा बिजेपीको ४८ सिट आउँदा काङ्ग्रेस ३७ सिट आएको छ ।

सन २०१९ को चुनावमा एकल बहुमत आउन आवश्यक ४० सिट नपुगेको बीजेपीलाई यो ‘ऐतिहासिक’ सफलता भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्