समाचार

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

२२ आश्विन २०८१, मंगलवार ०९:५०
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

२२ असोज,काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको तरकारी तथा फलफूलको थोक मूल्यसूचीअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य १५० रुपैयाँ कायम भएको छ ।

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ ।त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला २० रुपैयाँले बढेर ५० रुपैयाँ पुगेको छ । रायोको साग प्रतिकेजी १ं० रुपैयाँले घटेर १४० रुपैयाँ, बरेला १४० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ रहेको छ ।

यसैगरी आलु रातोको ८४, प्याज सुकेको भारतीयको ११८, काउली स्थानीयको १००, लौकाको ८०, तामाको १००, जुनारको ३००, अनारको ३५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्