समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकको ५१ लाख सहयोग

२१ आश्विन २०८१, सोमबार ०९:०६
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकको ५१ लाख सहयोग

२१ असोज,काठमाडौँ।एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख बराबरको रकम सहयोग  स्वरुप प्रदान गरेको छ ।

बैंकका उच्च पदाधिकारीहरुले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी  उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्