प्रविधि

नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार

२० आश्विन २०८१, आईतवार १९:०५
नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार

काठमाडौँ । नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा बिस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक  केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा बिस्तार गरेको हो ।

युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको अल्ट्रभोइलेट नेपालका लागि केडिया समूहले साझेदारीगरी सञ्चालनमा ल्याएको हो । केडिया समूहले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रभोइलेट विस्तारगरी पूर्ण रूपमा आजबाट सञ्चालनमा ल्याएको छ ।

अल्ट्राभायोलेट भविष्यमा तयार हुने विद्युतीय वाहन प्लेटफर्म र ब्याट्री टेक्नोलोजीमा एक आविष्कारक समेत रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्