समाचार

सडक भासिएर अवरुद्ध भएको दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

१९ आश्विन २०८१, शनिबार १४:४०
सडक भासिएर अवरुद्ध भएको दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

१९ असोज, काठमाडौँ। पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

उनले सडक मर्मत गरी आज दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको जानकारी दिए । तर, सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्