समाचार

एमालेको १० औं जिल्ला अधिवेशन, कालिकोटबाट परेक जङ्ग शाहीको खुल्ला उमेदवार

२३ पुष २०७८, शुक्रबार १६:२१
एमालेको १० औं जिल्ला अधिवेशन, कालिकोटबाट परेक जङ्ग शाहीको खुल्ला उमेदवार

२३ पुस कालिकोट । नेकपा एमालेको भोलि शनिबारबाट कालिकोटमा जिल्ला अधिवेशन सुरु हुने भएको छ । भोलि देखि १० औं जिल्ला अधिवेशनमा खाँडाचक्र नगरपालिका वडा नम्बर १० का २५ बर्षिय परेक जङ्ग शाहीले जिल्ला कमिटीमा सदस्यमा उमेदवार दिएका छन् ।

उनी सानै देखि नेकपा एमालेमा सक्रिय थिए । तात्कालिक नेकपा कम्युनिष्ट पार्टीको हुँदा पनि उनी सक्रिय कार्यकर्ता थिए । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको ब्यूँताएको थियो ।

तत्कालिन नेकपा एमाले पनि टुक्रियो । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी भो । तर शाही क्रमश सदावहार सैद्धान्तिकलाई अँगालो अडान लिएर एमाले मै रहे । धेरैले पार्टी परिवर्तन गरे, गरौँ पनि भने तर आफ्नो राजनीतिक यात्रा र सैद्धान्तिक बोकेको पार्टीलाई नछोड्ने शाहीले बताए ।

शाहीलाई सदस्यमा उमेदवार किन भन्दा ‘ टुक्रिय पार्टीलाई एक जुट बनाउने लैजाने। पार्टीलाई रुपान्तरण गर्ने, युवालाई नयाँ जोस र जागरणलाई आत्मसात गरि आफु अघि सरेको उनले बताए । संगै यो पनि जोडे पछाडिको जिल्ला कालिकोटको विकास र समृद्धिकोलागि पनि आफ्नो उमेदवार रहेको बताए ।

शाही त्यसपछि मिति २०७८ साउन २६ गते भएको वडा कमिटीको निर्णय बाट निर्विरोध वडा कमिटीको सचिवमा निर्वाचित भएको थिए ।  शाहीले आफ्नो राजनीतिक करियर नै एमाले बाट शुरुवात गरेका थिए ।

शाही १५ बर्षको उमेर देखि नै राजनितिकयात्रामा सक्रिय भएर एमालेमा लागेका छन् । उनी २०७७ सालसम्म अनेरास्ववियुमा आवद्ध रहेर अनेरास्ववियु जिल्ला कमिटी सचीवालय सदस्य पनि थिए । उनी २०७८ कार्तिक ९ गते नगर अधिवेशन प्रतिनिधि पनि हुन्।

प्रतिक्रिया दिनुहोस्