समाचार

जुवाखालबाट ८ जना समातिए

१९ आश्विन २०८१, शनिबार १४:३३
जुवाखालबाट ८ जना समातिए

१९ असोज, दाङ। दाङमा जुवाखालबाट ८जना समातिएका छन्।

तुलसीपुर उपमहानगरपालिका-१५कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अबस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगद्सहित आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर-१४ का ३० वर्षीय अनिल नेपाली, ४९ वर्षीय बल बहादुर बस्नेत, ४० वर्षीय मधुकर बस्नेत र रून्टीगढी गाउँपालिका-२ रोल्पाका ४६ वर्षीय रूपलाल बिक छन् । यसैगरी तुलसीपुर-१५ का ४९ वर्षीय सुवास धिताल, घोराहीउपमहानगरपालिका-९ का ४३ वर्षीय बालाराम पौडेल, घोराही-१८ का २९ वर्षीय दिनेश बिक र घोराही-१५ का ३७ वर्षीय बसन्तराज अधिकारी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्