समाचार

हाइड्रोपावरको गाडी दुर्घटना, ६ जना घाइते

१९ आश्विन २०८१, शनिबार १०:०१
हाइड्रोपावरको गाडी दुर्घटना, ६ जना घाइते

१९ असोज,काठमाडौं। नुवाकोटको शिवपुरी- ८ काफलडाँडामा हायलक्स गाडी दुर्घटना हुँदा ६ जना  घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जान लागेको पिपुल्स हाइड्रोपावरको बा १४ च ३८५४ नम्बरको हायलक्स गाडी बिहान ८ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए।

घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये तीनजनाको उपचार ग्राण्डी अस्पतालमा भइरहेको डीएसपी भारतीले बताए।

प्रतिक्रिया दिनुहोस्