समाचार

२४ घण्टामा कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

२३ पुष २०७८, शुक्रबार १४:५६
२४ घण्टामा कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

२३ पुस, काठमाडौं। पछिल्लो २४ घण्टा यता काठमाडौं उपत्यकामा ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८४, ललितपुरमा ६२, भक्तपुरमा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

सहि अवधिमा २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । त्यस्तै कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्