समाचार

छोराले गरे बाबुको हत्या

१७ आश्विन २०८१, बिहीबार २०:१५
छोराले गरे बाबुको हत्या

१७ असोज,ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं १ बस्ने ५६ वर्षीय श्यामबहादुर लिम्बूलाई उनकै ३० वर्षीय छोरा सुमनले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार घरायसी विवादका क्रममा सुमनले बाबु श्यामबहादुरलाई आफ्नै घरमा धारिलो हतियार बामफोक प्रहार गरी हत्या गरेका हुन् । बाबुको हत्या गर्ने छोरा सुमनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्