खेलकुद

एभरेस्ट महिला भलिबल लिग : काठमाडौंको तेस्रो जित,मधेश प्रतियोगिताबाट बाहिरीयो

१७ आश्विन २०८१, बिहीबार १९:१२
एभरेस्ट महिला भलिबल लिग : काठमाडौंको तेस्रो जित,मधेश प्रतियोगिताबाट बाहिरीयो

१७ असोज,काठमाडौं। एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले मधेश युनाइटेडलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को  कभर्डहलमा बिहीबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गरेको हो।

यो संगै जारी लिगमा काठमाडौं स्पाइकर्स तीन खेल जितेर ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। भने अंकविहीन रहेको मधेश युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्