प्रदेश

कपिलवस्तुमा जनता समाजबादी पार्टीको कार्यालय उदघाटन

१७ आश्विन २०८१, बिहीबार १८:४२
कपिलवस्तुमा जनता समाजबादी पार्टीको कार्यालय उदघाटन

१७ असोज, कपिलवस्तु। कपिलवस्तुमा जनता समाजबादी पार्टीको कार्यालय उदघाटन गरिएको छ ।

बिहिबार केन्द्रीय सदस्य गीता श्रीवास्तवले कपिलवस्तुस्थित पार्टी कार्यालय उद्घाटन गरेकी छन् । अध्यक्ष इरफान खानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य गीता श्रीवास्तव, विशिष्ट अतिथि लुम्बिनी प्रदेश संयोजक महेन्द्र यादव लगायतको स्थानीय नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमा जिल्ला सचिव उदयभान यादवले उद्घोषक गरेका थिए भने सतीश गुप्ता, राम रेखा यादव र चन्दिरीका यादवले मन्तव्य राखेका थिए ।

कार्यालयको उद्घाटन पछि केन्द्रीय सदस्य गीता श्रीवास्तवले पार्टी कार्यालयको स्थापना गरेकोमा धन्यवाद दिर्दै जनताको हृदयको पार्टी भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिएकी छन् ।

साथै, पार्टीलाई चलायमान र गतिशील बनाउन तपाईंहरुको भूमिका पनि महत्वपूर्ण रहेको छ । संगठन चुस्तदुरस्त बनाउने यो अभियानमा जसले सक्रियता र क्रियाशीलता देखाउँछ उसको पार्टीले उचित समयमा उचित मूल्यांकन गर्नेसमेत बताएकी छन्।

अध्यक्ष इरफान खानले भने ‘भवनको उदघाटन गर्दै विगतका वर्षमा पार्टीमा निर्माणका लागि धेरै कामहरु सम्पन्न भएको बताए। आगामी दिनहरुमा आफु जिल्ला अध्यक्ष  भए यता विकास कार्यका निम्ति निरन्तर लागि परेको बताए ।

अध्यक्ष खानले जिल्लामा जनता समाजबादी पार्टीको अवस्था पछिल्लो समय बलियो हुँदै गइरहेको छ।  पार्टीका नेता कार्यकर्ताको लागि गर्वको कुरा रहेको बताए। जनता समाजबादी पार्टी जनताको पक्षमा राम्रो काम गरेको उनको दावी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्