समाचार

२४ नमुना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण

२३ पुष २०७८, शुक्रबार १४:४०
२४ नमुना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण

२३ पुस, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ वटा स्वाब नमुना परीक्षण गर्दा ७ वटा पोजेटिभ देखिएको छ । संक्रमित शून्य अवस्थामा पुगिसकेको वीरगञ्जमा फेरी तिब्र फैलिदै गएको छ ।

पुस १६ गते २२ वटा स्वाब नमुना परीक्षण गर्दा ३ जना, १९ गते २४ वटामा ३, २१ ३३ वटामा ४ वटा पोजेटिभ देखिएको थियो । कोरोनाको ग्राफ अझै बढ्न सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् ।

नयाँ वर्ष मनाउन वा अन्य कामको सिलसिलामा भारतका विभिन्न सहर पुगेर फर्केकाहरुमा कोरोना संक्रमण देखिएकोले संक्रमण अझै बढ्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्