नेपाली चलचित्र

‘बेहुली फ्रम मेघौली’ आजबाट रिलिज

१७ आश्विन २०८१, बिहीबार ०८:१८
‘बेहुली फ्रम मेघौली’ आजबाट रिलिज

काठमाडौँ। आज घटस्थापनाको दिन पारेर चलचित्र ‘बेहुली फ्रम मेघौली’ देशभरका सिनेमा घरहरुमा एकसाथ प्रदर्शन हुने भएकाे छ ।

 असोज १७ बाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ले नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै शो पाउने फिल्म बनेको छ। वितरक अशोक शर्माले ‘बेहुली फ्रम मेघौली’ले ३३५ शो पाएको जानकारी दिएका छन्।

काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल थिएटर गरी ३३५ शो पाएको हो। अहिलेसम्म ठूला ब्यानर र पपुलर ब्रान्डका सिनेमा रिलिज हुँदा पनि यति धेरै शो नपाएको उनको भनाइ छ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका छन् ।  चलचित्रमा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस‍्को ब्यानरमा निर्माण भएको सिनेमामा अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी छ। जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन छ।

प्रतिक्रिया दिनुहोस्