मुख्य समाचार

बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु

१७ आश्विन २०८१, बिहीबार ०७:५२
बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु

१७ असोज,काठमाडौँ। हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। अन्य १६९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ।सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्