२३ पुस, कैलाली । नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ ।
पार्टीको जिल्ला नेतृत्व चयनका लागि सुरु भएको अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधी सहभागी छन् । जिल्ला अध्यक्ष पदका लागि तीन जनाले आफ्नो प्रचारप्रसार गरिरहेका छन् ।
अध्यक्ष पदका लागि वर्तमान जिल्ला अध्यक्ष वीरबहादुर थापा, वर्तमान पार्टी सचिव एवं भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द आकांक्षी देखिएका छन् ।
यस्तै पार्टीको जिल्ला सचिव पदमा रणबहादुर महरा र पल्लभराज भट्ट आकांशी हुनुहुन्छ । पार्टीको माथिल्लो तहले सहमतीमै जिल्ला कमिटी गठन गर्न सुझाव दिएको बताइएको छ । अधिवेशन उद्घाटन समारोहमा सांसदहरु डा दीपकाप्रकाश भट्ट, नरबहादुर धामी र निरुदेवी पालको सहभागी थियो । रासस