१५ असोज कालिकोट। कालिकोटको सदरमुकाम मान्ममा पचालझरना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक शर्मा आफ्नो गृह जिल्लामा स्वागत गरिएको छ।
अधिकृत भएको करिव ७ महिना पछि उनी आफ्नो गृह जिल्ला कालिकोट आएका छन्। जनक शर्मा प्रमुख प्रशासकीय अधिकृत भएर जिल्लामा आँउदा स्थानीयवासीले स्वागत गरेका छन्।
स्वागत कार्यक्रमका खाँडाचक्र नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रभानन्द आचार्य र सामाजिक व्यक्तित्वहरुले उनलाई स्वागत गरेका थिए।
शर्मा भक्तपुर जिल्ला अदालतमा खरिदार भई करिव ४ बर्ष र सुब्बा भई सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ६ महिना र नेपाल कानून आयोगमा करिब डेढ बर्ष काम गरिसकेका छन्। उनी अहिले पचालझरना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जिल्लामा आएका छन् ।