मुख्य समाचार

पचालझरना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक शर्मालाई गृह जिल्लामा स्वागत

१५ आश्विन २०८१, मंगलवार १९:३१
पचालझरना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक शर्मालाई गृह जिल्लामा स्वागत

१५ असोज कालिकोट। कालिकोटको सदरमुकाम मान्ममा पचालझरना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक शर्मा आफ्नो गृह जिल्लामा स्वागत गरिएको छ।

अधिकृत भएको करिव ७ महिना पछि उनी आफ्नो गृह जिल्ला कालिकोट आएका छन्। जनक शर्मा प्रमुख प्रशासकीय अधिकृत भएर जिल्लामा आँउदा स्थानीयवासीले  स्वागत गरेका छन्।

स्वागत कार्यक्रमका खाँडाचक्र नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रभानन्द आचार्य र सामाजिक व्यक्तित्वहरुले उनलाई स्वागत गरेका थिए।

शर्मा भक्तपुर जिल्ला अदालतमा खरिदार भई करिव ४ बर्ष र सुब्बा भई सङघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय ६ महिना र नेपाल कानून आयोगमा करिब डेढ बर्ष काम गरिसकेका छन्। उनी अहिले पचालझरना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जिल्लामा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्