समाचार

बाढीपहिरो पीडितका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने

१५ आश्विन २०८१, मंगलवार १७:०२
बाढीपहिरो पीडितका लागि एमालेले सरकारी कोषमा ५० लाख जम्मा गर्ने

१५ असोज, काठमाडौं। नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरूलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ ।

हनुमानथानस्थित होटल बसेरामा मंगलबार बसेको सचिवालय बैठकले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

भीषण बाढीका कारण ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय डुबानमा परेपछि प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक हनुमानथानस्थि होटल बसेरामा बसेको हो । यही शुक्रबार र शनिबारको अविरल वर्षाका कारण एमाले पार्टी कार्यालय यो वर्ष दोस्रो पटक डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्