समाचार

दाउन्ने सडक आज रातभर बन्द गरेर मर्मत गरिने

१५ आश्विन २०८१, मंगलवार १७:००
दाउन्ने सडक आज रातभर बन्द गरेर मर्मत गरिने

१५ असोज, काठमाडौं। महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सुचना जारि गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने भएको हो ।

बर्दघाट नगरपालिका- ४, दाउन्नेको खुर्सानी खोलामा सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध भएको सडक आज विहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको थियो ।

हिजो सोमवार दाउन्नेको खुर्सानी खोलामा सडक भासिएको र बिजुलीको प्रसारण लाइन ढलेको थियो । भासिएको सडक मर्मतका लागि रातभर सडक बन्द गर्न लागिएको सूचनामा उल्लेख छ ।

भासिएको सडक मर्मत गरेर आज बिहानदेखि गाडी चलाउन थाले पनि सडकमा थप मर्मतको काम गर्नुपर्ने भएकाले सडक नै बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्