समाचार

नेपालमा कोरोना संक्रमण तिब्र, आज कति थपिए ?

२३ पुष २०७८, शुक्रबार ११:०५
नेपालमा कोरोना संक्रमण तिब्र, आज कति थपिए ?

२३ पुस, काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ९ सय ६८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप २ सय ६२ जना निको भएका छन् । हालसम्म नेपालमा ८ लाख १३ हजार ७ सय ९ जना निको भएका छन् । हाल ५ हजार ७ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रलयले जनाएको छ ।

यो सँगै निको हुनेको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ । कोरोनाबाट हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ५ हजार ७४१ जना छन् ।

प्रतिक्रिया दिनुहोस्