खेलकुद

इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी

१४ आश्विन २०८१, सोमबार ०८:५४
इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी

१४ असोज,काठमाडौँ। घरेलु टोली इङ्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अस्ट्रेलियाले जितेको छ । ५ खेलको शृंखलामा अस्ट्रेलिया ३-२ ले विजयी भएको हो ।

इङल्याण्डले दिएको ३१० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाउँदै १६५ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन सकेन र खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो ।

यस अनुसार, अस्ट्रेलिया ४९ रनले विजयी भयो र सिरिजमा कब्जा गर्‍यो । पाँच खेलको यस सिरिजमा शुरुका २ खेल अस्ट्रेलियाले जितेको थियो भने त्यसपछि रहेका २ खेल इङल्याण्डले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्