मुख्य समाचार

विपद् अपडेटः १४८ जनाको मृत्यु, ५५ बेपत्ता

१३ आश्विन २०८१, आईतवार २०:४९
विपद् अपडेटः १४८ जनाको मृत्यु, ५५ बेपत्ता

१३ असोज,काठमाडौँ। बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ जनाको मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन्। विपद्‌मा परी एक सय एकजना घाइते भएका छन्।

बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक ६, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दु‍ई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए। यसैगरी बाढीपहिराले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्