शिक्षा

सडक विभागका सूचना अधिकारी अमितकुमार शर्मा नेपाल विद्याभूषण ‘ख’बाट सम्मानित

१३ आश्विन २०८१, आईतवार २०:०५
सडक विभागका सूचना अधिकारी अमितकुमार शर्मा नेपाल विद्याभूषण ‘ख’बाट सम्मानित

८ असोज, काठमाडौँ। सडक विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) एवम् सूचना अधिकारी अमितकुमार शर्मा नेपाल विद्याभूषण ‘ख’ २०८१ बाट सम्मानित भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै सिडिई शर्मालाई नेपाल विद्याभूषण ‘ख’बाट सम्मान गर्न लागिएको जनाएको हो। विद्याभूषण ‘ख’ बाट सम्मानित हुनेहरूको नाम प्रकाशन गरे पनि शिक्षा मन्त्रालयले बजेट अभाव कारण देखाउँदै  विद्यार्थीलाई सम्मान कार्यक्रमपछि राखिने जनाएको छ।

२०७३ मा स्थानीय पूर्वाधार विभाग (डोली)मा इन्जिनियरका रुपमा निजामती सेवा सुरु गरेका शर्मा २०८० जेठमा उपसचिव सोसरह सिडिईमा नाम निकालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगतको सडक विभागमा कार्यरत हुनुहुन्छ ।

शर्माले सन् २०२२ मा पोखरा विश्वविद्यालयबाट विज्ञान तथा प्रविधि संकायमा स्नातकोत्तर तहमा उत्कृष्ठ श्रेणी अर्थात् ४ जिपिए प्राप्त गर्नुभएको थियो । उहाँसहित विद्याभूषण ‘ख’ २०८१ बाट ३५ जना विद्यार्थी सम्मानित हुँदै छन् ।

मन्त्रालयले हरेक वर्ष ‘राष्ट्रिय शिक्षा दिवस असोज २’ मा शिक्षा क्षेत्रमा विभिन्न विधाबाट योगदान पुर्‍याएका तथा उत्कृष्ठ कर्मचारी, शिक्षक, शिक्षण संस्था र विद्यार्थीलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्