प्रदेश

कोशी ब्यारेजको जलसतह घट्दै, अझै अति खतरनाक विन्दुमाथि

१३ आश्विन २०८१, आईतवार १३:०२
कोशी ब्यारेजको जलसतह घट्दै, अझै अति खतरनाक विन्दुमाथि

१३ असोज, सुनसरी।सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि अति खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।

चतरास्थित जलमापन केन्द्रका अनुसार कोशीमा दिउँसो गरिएको मापन अनुसार पानीको बहाव ५ लाख ८२ हजार क्यूसेकमा आएको छ । यसअघि बिहान पानीको बहाव ६ बजे ६ लाख ५५ हजार ५ क्यूसेक रहेकोमा पछिल्लो केही घण्टायता बहावमा कमी आउँदै गएको केन्द्रले जनाएको छ ।

यद्यपि उच्च खतरा भने कायम नै रहेको छ । शनिबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।अझै ब्यारेजका सबै ५६ ढोका खुल्ला नै राखिएको छ । ब्यारेजको पुलमा सवारीसाधनको आवतजावत भने रोकिएकै छ ।

प्रतिक्रिया दिनुहोस्