१३ असोज, काठमाडौं। पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोला पहिरो मात्र २८ शव फेला परेका छन्। अन्यको खोजी कार्य जारी छ।
हालसम्म सानाठूला चारवटा यात्रुबाहक सवारी साधन र २८ जनाको शव फेला परेका हुन्। धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने झ्याप्लेखोलामा शनिबार दुईवटा बस १४ जनाको शव फेला परेका थिए भने आइतबार अहिलेसम्म थप दुई बस र १४ वटा शव फेला परेका हुन्।
बस र शव निकाल्ने क्रम जारी छ। अहिलेसम्म यात्रुको संख्या तथा परिचय खुलिसकेको छैन। सोही स्थानमा गोरखाबाट गायव भएको भनिएको बससमेत भेटिएको छ।