समाचार

पेट्रोल छर्केर होटलमा आगो लगाएको आरोपमा २ जना पक्राउ

२३ पुष २०७८, शुक्रबार ०९:१६
पेट्रोल छर्केर होटलमा आगो लगाएको आरोपमा २ जना पक्राउ

२३ पुस, सिरहा ।  होटलमा आगो लगाएर भागेको आरोपमा सिरहा प्रहरीले १ युवतीसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका-१२ बस्ने २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय धिरज कुमार यादव रहेका छन् ।

प्रहरीका अनुसार लेनदेनको विषयलाई लिएर उनीहरुले पेट्रोल छर्केर आगो लगाएका थिए। स्थानीय र प्रहरी मिलेर होटलमा लागेको आगो नियन्त्रणमा लिइएको थियो।  आगलागीबाट होटल सामान जलेर करिब १ लाख २ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्