मुख्य समाचार

भारी वर्षाका कारण देशभरका सबै उडान प्रभावित

१२ आश्विन २०८१, शनिबार १८:४४
भारी वर्षाका कारण देशभरका सबै उडान प्रभावित

१२ असोज, काठमाडौं। खराब मौसमका कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडानलाई रद्द गर्ने निर्णय गरेको छ ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक जहाज हल्लाउने, डाइभर्ट हुने क्रम बढेपछि प्राधिकरणले भोलि शनिबार मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान नगराउने भएको हो ।

‘अहिले ७ बजेदेखि भोलि बिहानसम्मलाई आन्तरिक उडान नगर्ने निर्णय भएको छ,’ सहप्रवक्ता भुलले भने,‘शनिबार पनि मौसममा सुधार आएमा मात्रै उडान सुचारु हुने छन् ।’

प्रतिक्रिया दिनुहोस्