१२ असोज, काठमाडौं । सरकारले अहिले भइरहेको परीक्षा सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।
सरकारको आज बसेको आकस्मिक बैठकले भारी बर्षाको कारण देखाउँदै जारी सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कार्यबाहाक प्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा बसेको बैठकले बाढी पहिलोबाट ज्यान गुमाएका परिवारलाई राहत र क्षतिपूर्ति दिने, घाइतेहरुको निःशुल्क उपचार गर्ने अलपत्र यात्रुको तत्काल उद्दार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।