समाचार

उपत्यकाका बढीपीडितलाई मारवाडी सेवा समितिद्वारा खाना वितरण

१२ आश्विन २०८१, शनिबार १८:१९
उपत्यकाका बढीपीडितलाई मारवाडी सेवा समितिद्वारा खाना वितरण

१२ असोज, काठमाडौं । मारवाडी सेवा समितिले काठमाडौं उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको हो ।

राहत स्वरूप पहिलो चरणमा गौशाला धर्मशालामा खाना बनाएर प्रभावित क्षेत्रमा वितरण गरिएको मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए।

उनकाअनुसार कालिमाटी, बल्खु, कोटेश्वर, थापाथली, पशुपतिलगायत बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खाना खुवाइएको हो । आवश्यकता अनुसार यो क्रम केही दिन जारी रहने मञ्चले जनाएको छ ।

गत शुक्रबारदेखिको अविरल वर्षाका कारण उपत्यका लगायत देशभरका विभिन्न खोला, नदी किनारका बस्तीहरूमा बाढी पसेको छ भने पहिरोले क्षति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्