मुख्य समाचार

बाढीपहिरो : काभ्रेमा पाँच जनाको मृत्युु, १४ जना बेपत्ता

१२ आश्विन २०८१, शनिबार १०:३६
बाढीपहिरो : काभ्रेमा पाँच जनाको मृत्युु, १४ जना बेपत्ता

१२ असोज,काभ्रे। अविरल वर्षाका कारण चलेको बाढीपहिरोमा परेर काभ्रेमा हालसम्म पाँच जनाको मृत्यु भएको छ । १४ जना हराइरहेका छन्‌ ।

नेपाली प्रहरीले दिएको जानकारीअनुसार; जिल्लाभर कम्तिमा १८ घर पहिरोले बगाएको छ । २० ठाउँमा पहिरो चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका-७ चापाखोरीमा घर भत्केर एक महिलाको निधन भएकाे हाे ।

बनेपा-१० हंसदा आश्रम नजिक पुरिएका ६ वर्षका बालक युविन हुमागाईको बनेपा अस्पताल ल्याउन नसकेर सूर्यविनायक लगिएकोमा मृत घोषित भएका हुन्। यो बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार जिल्लाका सबै नदी र खोलानालाले सतर्कताको तह पार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्