समाचार

एकैपटक नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ ?

२३ पुष २०७८, शुक्रबार ०२:३७
एकैपटक नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ ?

२३ पुस, काठमाडौं। नेपाल प्रहरीका २६ एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको हो ।

मन्त्रालयले बिहीबार  मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेको हो । २६ जना एसएसपीको सरुवा भएसँगै महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख पनि फेरिएका छन् ।

 महानगरीय अपराध महाशाखा प्रमुख रहेका चन्द्रकुवेर खापुङलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतको अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ। प्रवक्ता कुँवरको ठाउँमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत बिष्णुकुमार केसीको सरुवा गरिएको छ ।

उमेशराज जोशीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा, भिमप्रसाद ढकाललाई अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा गरिएको छ।

हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्